Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

एमसीसीको ठेक्का आह्वानको तयारीदेखि पूर्वाधार विशेष कार्यक्रम रोक्न निर्देशनसम्म



१. दुई महिनादेखि काठमडौं उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने, आठ हजार टिप्पर फोहर व्यवस्थापन गर्नुपर्ने, काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चार बुँदे सहमति, स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए १० दिनमा सबै फोहर व्यवस्थापन हुने महानगरको भनाइ ।


२. आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन, निर्वाचनमा पार्टीको पक्षमा एकढिक्का भएर लाग्न आग्रह, निर्वाचन सङ्ग्राममा युवाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने तर्क, निर्वाचनमा फौजका रुपमा खटिन आग्रह, समाजवादी क्रान्तिका लागि युवाको भूमिका महत्वपूर्ण भएको भनाइ ।


३. मङ्सिरभित्र अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का आयोजनाको ठेक्का आह्वानको तयारी, ठेक्का आह्वानका लागि सबै कागजात तयारी अवस्थामा रहेको एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टद्वारा जानकारी, ठेक्का आह्वानपछि तीन महिनामा ठेकेदार छनोट हुने, २०८० सालको भदौदेखि एमसीसी अन्तगर्तका आयोजनाको काम सुरु हुने ।


४. सांसदका लागि ल्याइएको पूर्वाधार विशेष कार्यक्रम रोक्न निर्वाचन आयोगको निर्देशन, प्रदेश न. १ र गण्डकी प्रदेश सरकारलाई पाँच बुँदे स्पष्टीकरण, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्न÷नगर्न तीन बुँदे निर्देशन, विपद्को अवस्था बाहेक मतदातालाई प्रभावित पार्ने कुनै काम गर्न नपाइने ।


५. नेकपा एकीकृत समाजवादीले थाल्यो आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि उम्मेदवार छनोटको गृहकार्य, उम्मेदवारको सिफारिस भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्न निर्देशन, १५ गतेभित्र केन्द्रमा सिफारिस गर्ने, केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको अन्तिम निर्णय गर्ने ।


६. प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता विधेयकले राष्ट्रियतालाई बलियो बनाउने गृहमन्त्री बालकृष्ण खाणको विश्वास, विधेयक प्रमाणीकरण भएपछि नागरिकता नपाएका नेपाली बाबुआमाका छोराछोरी नागरिकताविहीन हुनु नपर्ने भनाइ, ०७२ मा संविधान बनेपछि कानुन बनाउँन नसक्दा नागरिकता नपाएका युवालाई नागरिकता दिने उद्देश्यले विधेयक ल्याइएको तर्क ।


७. आगामी निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने अध्यक्ष केपी शर्मा ओलीको दाबी, गठबन्धनविरुद्ध एमाले एक्लै लड्ने, जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास नगर्ने तर्क, नेताहरुको गठबन्धनलाई जनताले ठेगान लगाउने अभिव्यक्ति, भ्रष्ट नेताहरुको गठबन्धनलाई पराजित गर्ने र एमालेलाई बहुमत दिने ठोकुवा, गठबन्धनमा जनता सहभागी नहुने जिकिर ।


८. मङ्सिर ४ गते घोषित निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीमा जुट्यो जसपा, टिकटको सिफारिस कुन मितिमा कहाँबाट गर्ने ? कहिलेसम्म वितरण गर्ने ? र, उम्मेदवारको मापदण्डको विषयमा छलफल, उम्मेदवार बन्न २ मापदण्ड र ७ योग्यता प्रस्ताव, समाजमा लोकप्रिय, सक्षमता, दक्षता, निष्पक्षता र निरन्तरता दिनेलाई टिकट दिइने ।


९. मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई एक स्वर्ण र तीन रजत पदक, महिला ३० देखि ४० वर्ष उमेर समूहको पुम्सेमा रेखमाया गुरुङलाई स्वर्ण, महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईंलाई, पुरुषको १८ देखि ३० वर्षको समूहमा मोहमद खानला र पुरुषकै ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानलाई रजत पदक ।


१०. अमेरिकाले ताइवानमा युद्ध भड्काउन खोजेको मलेसियका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद आरोप, सभामुख न्यान्सी पेलोसी र अन्य सांसद्को ताइवान भ्रमण चीनप्रति अमेरिकी विरोध दर्शाउने भएको टिप्पणी, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चीनको आग्रह, खाद्यान्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न अस्ट्रेलियाद्वारा श्रींलकालाई थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग ।

प्रतिक्रिया दिनुहोस्