काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने एक नेताले जानकारी दिए । पदाधिकारी टुंगो लगाउन शुक्रबार बसेको बैठक निष्कर्षविहीन भएको थियो ।
पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र आजको बैठकले यस विषयलाई टुंग्याउने नेता सुदन किरातीले जानकारी दिए ।














