Logo
Logo

कांग्रेस नेता गिरीको निधन


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ ।

प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरिको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९:३६ मा निधन भएको  उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पंकजकुमार बर्मनले जानकारी दिए ।

उनलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो । विगत तीन सातादेखि गिरीको उपचार भइरहेको थियो ।

लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् । घाँटीको क्यान्सरबाट पीडित उनलाई निमोनिया पनि देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्