Logo
Logo

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण


5k
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका दुवै विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार उहाँले नेपालको संविधानबमोजिम नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्