
पोखरा । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको समिट एयरको जहाजमा समस्या भएपछि आपतकालीन अवतरण भएको छ ।
पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार ७ बजेर ५९ मिनेटमा उडेको जहाज पोखराका आकाशमा एक फन्को मारेर ७ मिनेटपछि आपतकालीन अवतरण भएको हो ।
उक्त जहाजमा १८ जना यात्रु थिए । उडेको केहीबेरमै पाइलटले इन्डिकेसनमा प्रोब्लमको जनाउ पोखरा विमानस्थलको टावरलाई दिएका थिए ।
तत्कालै पाइलटले दाहिने इन्जिन अफ गरी पोखरा विमानस्थलमै जहाज अवतरण गराएका हुन् ।











