खोटाङ । नेकपा एमाले खोटाङ जिल्ला समितिले प्रतिनिधिसभा निर्वाचनका लागि १० आकांक्षीको नाम सिफारिस भएको छ । एमाले जिल्ला कमिटिको बैठकले प्रत्यक्षमा सात जनाको नाम सिफारिस गरेको हो ।

स्रोतका अनुसार ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रत्यक्षतर्फ उषाकला राई, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई (पिके), बिशाल भट्टराई, रमेश पौडेल र राजनप्रसाद ढकालको नाम सिफारिस भएको छ ।
भट्टराई एमाले प्रमुख सचेतक समेत हुन् भने उषाकला प्रदेश १ का पुर्व सामाजिक विकास मन्त्री हुन् ।
त्यस्तै, समानुपातिकमा कर्णबहादुर घले, रमेश परियार र राजकुमारी राईको नाम सिफारिस भएको छ । उषाकला प्रदेश १ का पुर्व सामाजिक विकास मन्त्री, पाँचकर्ण पुर्वसांसद र भट्टराई वर्तमान प्रतिनिधिसभा सदस्य एबं एमाले प्रमुख सचेतक हुन् ।
यस्तै, प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ अनिषा खनाल, देवविक्रम राई, लिलानाथ निरौला, सर्वधन राई तथा समानुपातिकतर्फ अडिराम राई, उमा गुरुङ, कमल बुढाथोकी, चन्द्रसिं बस्नेत, दुर्गा पोखरेल, निर्मला आचार्य, मनिशोभा राई (मायाँ), श्यामकुमार पोखरेल, सुवास राई र हिराकुमारी वन गिरी सिफारिस भएका छन् ।
प्रदेशसभा ‘ख’मा भने प्रत्यक्षमा रामप्रसाद दंगालको एकल नाम सिफारिस भएको छ । समानुपातिकमा भने चर्चबहादुर बिश्वकर्मा, दिलचक्र राई, दुधराज तामाङ, पूर्णमायाँ तामाङ र भगवती प्रधानलाई सिफारिस गरिएको छ ।











