
काठमाडौं । एनसीसी बैंक र भरतपुरको मनकामना अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालमा विशेष छुट दिने सम्झौता भएको हो ।
सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पतालमा ओपिडी चेकअप एण्ड इन्भेस्टिगेसन इन्डोस्कोपी, एक्स रे, युएसजी, प्याथोलोजी टेष्ट, जेनेरल वार्ड र क्याबिन बेड चार्जमा १५ प्रतिशत र ओटी चार्जस, सिटी स्क्यान, आइसियु, एनआइसियु, एचडियुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।












