Logo
Logo

एक वर्षको रिचार्ज गर्दा एक लाख पुरस्कार


2.2k
Shares

स्याङ्जा । डिसहोममा एक वर्षको रिचार्ज गर्दा स्याङ्जा गल्याङ नगरपालिकाका रोमलाल अधिकारीले एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।

विजेता अधिकारीलाई गल्याङ वडा नम्बर ११ का अध्यक्ष तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि दलबहादुर सिंजाली मगरले पुरस्कार प्रदान गरे ।

एक वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने यो योजना अन्तर्गत डिसहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत तथा कुनैपनि मोवाइल पेमेन्ट सर्भिसबाट १ बर्षको रिचार्ज गर्दा २ बर्षको लागि टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एक जना ग्राहकले लक्की–ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्