Logo
Logo

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड


2k
Shares

कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको दुवै सदनबाट दोस्रो पटक पारित भएको नागरिकता विधेयक अब राष्ट्रपतिले पारित गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार पोखरा आइपुगेका प्रचण्डले पत्रकारहरुसँग संक्षिप्त कुराकाननी गर्दै राष्ट्रपतिले दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेमा दुईटा कुराको सम्भावना रहने बताए । अध्यक्ष प्रचण्डले भने, ‘पहिलो कुरा यो विषय अदालतमा जान्छ भने दोस्रो राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउँछ ।’

केही दिनअघिमात्र संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक लागि राष्ट्रपतिसमक्ष पठाइसकिएको छ ।

कुराकानीका क्रममा प्रचण्डले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफूले दोस्रो पटक पनि नागरिकता विधेयक पारित भएन भने राजीनामा दिनुपर्ने अवस्था आउने कुरा राष्ट्रपतिसमक्ष राखेको पनि बताए ।

उनले भने, ‘मैले उहाँलाई भनेको थिएँ, दोस्रोपटक पनि प्रमाणीकरण गर्नु भएन भने या त राजीनामा दिनुपर्ने स्थिति आउँछ । या त यो विषय अदालतमा जान्छ । तर उहाँले प्रमाणीकरण गर्नुहुन्छ होला ।’

सोक्रममा आफुलाई प्रधानमन्त्री पद प्राथमिकतामा नरहेको पनि बताए । गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को भन्ने विषयमा विवाद हुँदा सहमति नजुटेको भन्ने बाहिर आएको हल्लामा सत्यता नरहेको उनको भनाइ छ । उनले गठबन्धनमा सिट बाँडफाँटमा ठूलो असहमति नरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्