Logo
Logo

कांग्रेस मनाङबाट टेकबहादुर सिफारिस, प्रदेश ‘ख’मा मनाङ्गेलाई सघाउने


3.3k
Shares

मनाङ । नेपाली कांग्रेस मनाङले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरिएको छ । पार्टी सभापति शंकर गुरुङका अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्युङ गुरुङ (कर्मा)लाई सिफारिस गरिएको छ ।

प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ सङ्दो लामा, चन्द्र घले, छिरिङ घ्याल्पो लामा र मुनिन्द्रजङ लामा र समानुपातिकतर्फ महेन्द्र घलेको नाम सिफारिस गरिएको सभापति गुरुङले बताए। यता प्रदेशसभा (ख)मा भने कांग्रेसले गठबन्धनका स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

यहाँबाट २०७४ सालमा राजीव गुरुङ (दीपक मनाङगे) स्वतन्त्ररूपमा प्रत्यक्षबाट निर्वाचित भएका थिए । कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेलेका गुरुङलाई कांग्रेसले गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय गरेको बताएको छ ।

समानुपातिकतर्फ कांग्रेसले जनजातितर्फ कर्मा गुरुङ र महिलातर्फ गीता गुरुङलाई सिफारिस गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्