Logo
Logo

वकिल कार्यालयबाट भागेका विश्वकर्मा सिमा क्षेत्रबाट पक्राउ


630
Shares

दाङ । दाङमा बिहीबार वकिल कार्यालयबाट फरार भएका कैदीलाई प्रहरीले पुन पक्राउ गरेको छ ।

सुन चोरी आरोपमा पक्राउ परेका कैदीबन्दी २२ वर्षीय लक्ष्मण विश्वकर्मा म्याद थपका क्रममा बिहीबार बेलुकी जिल्ला सरकारी वकिल कार्यालयबाट भागेका थिए । उनलाई २४ घण्टापछि प्रहरीले शुक्रबार राति दाङको सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

विश्वकर्मा भदौ २२ गते (बुधबार)मात्रै सुनचोरी आरोपमा पक्राउ परेका थिए । बिहीबार म्याद थपका लागि वकिल कार्यालय लगिएको बेला शौच गर्ने बाहनामा शौचालयको झ्यालको सिसा फुटाएर दुई तलाबाट हाम फालेर भागेका थिए ।

फरार भएलगतै डिएसपी राजनकुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले २४ घण्टापछि दाङको सिमावर्ती क्षेत्रबाट विश्वकर्मालाई पक्राउ गरेको एसपी वीरबहादुर वलीले बताए ।

उनका अनुसार सिमाना पार गरि भारततर्फ जानेक्रममा दाङको दक्षिण गढवा क्षेत्रबाट शुक्रबार बेलुकी पक्राउ गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्