Logo
Logo

महाकालीको कटान नेपालतर्फ, खलङ्गा बजार जोखिममा


882
Shares

दार्चुला । वर्षा नरोकिएपछि महाकाली र लास्नु नदीको वहाव नेपालतर्फ आएको छ ।

बाढीले बंगाबगड क्षेत्रमा फेरी कटान सुरु गरेको छ । कटानका कारण दर्जनौं घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । दार्चुला सदरमुकाम खलंगा बजार पनि जोखिममा छ ।

महाकालीको पक्की तटबन्धका कारण अहिलेसम्म ठूलो क्षति हुनबाट जोगिएको महाकाली-४ का स्थानीय मानबहादुर बमले बताए । दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलङगा आउने-जाने बाटो बन्द भएको छ ।

बाढी/पहिरोमा परि ५ जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका १० जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

उनीहरुको खोजी भइरहेको प्रजिअ उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्