Logo
Logo

दार्चुलाका पहिरो पीडितलाई राहत वितरण गरिँदै, वेपत्ताको खोजि जारी


504
Shares

दार्चुला । दार्चुलाका बाढीपहिरो पीडितलाई आजैदेखि राहत वितरण गरिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बिहान बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । शुक्रबार रातिदेखि आएको बाढी र पहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएकाे छ ।

हालसम्म ५ जनाको शव फेला परेको छ । १० जना अझै बेपत्ता छन् । पहिरोमा परी ८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

बेपत्ता भएकाको सुरक्षाकर्मी, नेपाल रेडक्रस सोसाइटी र स्थानीय नागरिकले खोजी गरिरहेका छन् । प्रभावितकाे राहत र उद्दारमा उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू शनिबारबाटै खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्