Logo
Logo

सप्तरी-२ बाट उपेन्द्र यादवको नाम सिफारिस



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को प्रदेश समितिले सप्तरीको क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारको नाम सिफारिस गरेको छ ।

उक्त पार्टीले सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिस केन्द्रलाई गरेको छ । यस्तै, सप्तरी–२ (क)का लागि प्रदेशसभा सदस्यको उम्मेदवारमा शैलेन्द्र साह, अमरनाथ मण्डल र नेत्रविक्रम साहको नाम सिफारिस गरेको छ ।

अघिल्लो निर्वाचनमा शैलेन्द्र साह त्यहीबाट प्रदेशसभा सदस्यमा जितेका थिए । उनी तत्कालीन राजपा नेपालका समानुपातिक प्रदेश सांसद हुन् । हाल उनी जसपामा छन् ।

त्यस्तै सप्तरी–२ (ख)का लागि प्रदेशसभा सदस्यको उम्मेदवारमा मनिष सुमन, दिनेश यादव, युसुफ अलि, किरण यादवको नाम सिफारिस गरिएको छ । मनिष सुमन यसअघिको चुनावमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा चुनाव जितेका हुन् ।
जसपा अध्यक्ष यादवको नाम सप्तरी–२ सहित अन्य आठ ठाउँबाट पनि नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्