Logo
Logo

दाङमा च्याउ खाएका एकै घरका ५ जना बिरामी



दाङ । तुलसीपुरमा च्याउ खाएका एकै घरका ५ जना बिरामी भएका छन् ।

गएराति परालमा उम्रिएको च्याउ पकाएर खाएपछि तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४ वर्षकी वसन्ता चौधरी, १६ वर्षकी कोपिला चौधरी, १२ वर्षकी प्रभा चौधरी र ५५ वर्षका माघे चौधरी बिरामी भएका हुन् ।

च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेपछि उनीहरुलाई अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि बाँकेको नेपालगञ्ज रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्