Logo
Logo

चिनिया सभामुख ली चान्सु र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता


756
Shares

काठमाडौं । चिनिया सभामुख ली चान्सु र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच भेटवार्ता भएको छ।

संघीय संसद भवन नयाँ बानेश्वरस्थित लभि हलमा नेपाल र चीनको संसदका नेतृत्व सहित प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको अध्यक्ष तिमल्सिनाको सचिवालयले जानकारी दिएको छ।

तीन दिने नेपाल भ्रमणका लागि समेमबार काठमाडौं आएका लीले आज दिनभर उच्चस्तरीय भेटवार्ता गर्दैछन्। संसद भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब ४५ मिनेट वार्ता हुने बताइएको छ।

त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पौने ११ बजे भेटवार्ताको कार्यसूची छ। त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गरेपछि साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यसूची रहेको छ।

उनले आजै परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। राष्ट्रपति विद्यादेवि भण्डारीसँगको भेटवार्ता भने भोलि हुनेछ।

प्रतिक्रिया दिनुहोस्