
काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीलाई बोलाउने निर्णय गरेको छ ।
समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले बुधबार आरोपितलाई बोलाउने निर्णय गरेको हो ।
कस–कसलाई बेलाउने भन्ने नाम तय भइनसकेको समितिका सदस्य तथा कांग्रेस सांसद मीन विश्वकर्माले बताए ।












