काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका महासचिव देव गुरूङले निर्वाचन आयोगको व्याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लैजाने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले भने, ‘निर्वाचन आयोगको व्याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लान्छ । यो संविधानको भावनासँग मेल खादैन । संविधानको भावनामा प्रतिनिधिसभा अविछिन्न उत्तराधिकार नयाँ आएपछि पुरानोलाई विस्थापित गर्छ भन्ने हो ।’
अब प्रतिनिसभाको कार्यकालबारे संसद सचिवालयले टुंगो लगाउनु पर्ने बेला आइसकेको महासचिव गुरुङले बताए । ‘अब प्रतिनिसभाको कार्यकालबारे संसद सचिवालयले टुंगो लगाउनुपर्छ ।निर्वाचन आयोगले भने अनुसार नै हो भने सार्वभौम संसद कहाँ रह्यो ?’, उनले भने ।












