Logo
Logo

‘गुणस्तरीय उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने हाम्रो प्रतिवद्धता’


उर्मिला श्रेष्ठ, सीइओ, साल्ट ट्रेडिङ कर्पोरेसन

630
Shares

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आमजनता तथा समस्त उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई आफ्नो सेवा प्रारम्भ गरेको ५९ वर्ष पूरा भएको छ । कर्पोरेसनले आफ्नो उद्देश्य एवं प्रतिबद्धताअनुसार आमजनतालाई सुपथ एवं सहजरूपमा गुणस्तरीय उपभोग्य बस्तुहरूको उपलब्धतालाई निरन्तरता प्रदान गरेको छ ।

कर्पोरेसनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै विषमः परिस्थितिका बाबजुद पनि आम उपभोक्ताको सेवामा सदैव सक्रिय रही आएको छ, भविष्यमा अझ सक्रिय रहनेछ । सरकारले हामीलाई कार्यक्षेत्रमा व्यापक बनाउन र अत्यावश्यकीय उपभोग्य वस्तु उत्पादन, आयात तथा सुपथ मूल्यमा वितरण गर्न प्रोत्साहित गर्दै आएको छ, यसप्रति हामी आभार छौं । हामीले कोभिड १९ को निषेधाज्ञाको अवधिमा समेत उपभोक्ताको घरदैलोमा अत्यावश्यक वस्तुहरू पु¥याएर आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेका छौं ।

प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ

मल आपूर्तिमा हाम्रो योगदान
रासायनिक मलको अभाव नहोस् र कृषकहरूले समयमा मल पाउन भन्नेमा कर्पोरेसन निरन्तर सक्रिय छ । नेपाल सरकारले दिएको दायित्वबोध गरी रासायनिक मलको आपूर्ति गरी कृषकहरूमा राहत प्रदान गरिएको छ । अहिले पनि मलको आपूर्तिलाई निरन्तरता दिएको छ । कृषि विकासमा योगदान पु¥याउने उद्देश्य अनुसार अनुदानित मलमा मात्र सीमित नभई गैर अनुदानित मल आयात गरी बिक्री वितरणमा समेत कर्पोरेसनले योगदान पु¥याएको छ ।

नयाँ–नयाँ उत्पादमा कर्पोरेसन
कर्पोरेशन कतिपय नँया–नँया उत्पादन गर्नेतर्फ लागेको छ । निकट भविष्यमा त्यसको प्रतिफल प्राप्त हुनेछ । उपभोक्ताहरूलाई गुणस्तरीय तेल उपलब्ध गराउन हेटौडास्थित नेपाल वनस्पति उद्योग लिमिटेडबाट निकट भविष्यमा एस.टी.सी. ब्राण्डका तोरीको तेल उत्पादन गरिने छ ।

सामाजिक सेवामा कर्पोरेसन
यस वर्षको ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’को लागि निःसहायक बालबालिका सेवा आश्रम इटहरीलाई छनोट गरिएको छ । उक्त संस्थालाई ताम्रपत्रसहित ७५ हजार नगद प्रदान गरिने छ । कर्पोरेशनको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु¥याउनु हुने अग्रजहरूको नाममा कर्पोरेसनले विभिन्न पुरस्कार र छात्रवृत्तिको व्यवस्था गरी त्यसलाई निरन्तरता दिँदै आएको छ ।

कर्मचारीका सन्तानलाई छात्रवृत्ति
यस वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण कर्पोरेशनका कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिएको छ । ‘साल्ट ट्रेडिङ अनंङ्गमान शेरचन छात्रवृत्ति’ प्रदेश कार्यालय धनगढीका कर्मचारी तेजबहादुर कुँवरका छोरा पार्शव कुँवरलाई प्रदान गरिएको छ । त्यसैगरी, ‘साल्ट ट्रेडिङ लोकनाथ जोशी छात्रवृत्ति’ प्रदेश कार्यालय बिराटनगरका कर्मचारी कृष्णकुमार आचार्यका छोरी तेजस्वी आचार्यलाई प्रदान गरिएको छ । छात्रवृत्ति मासिक रुपमा तीन हजारका दरले दुई वर्षसम्म प्रदान गरिने छ ।

कर्मचारीलाई प्रोत्साहन
यस वर्ष कर्पोरेसनको अधिकृतस्तरमा रही उल्लेखनीय काम गर्ने कर्मचारी बिष्णुप्रसाद न्यौपाने तथा सहायक स्तरमा रही उल्लेखनीय काम गर्ने कर्मचारी तेजबहादुर कार्की तथा स्तरविहीन कर्मचारी राधेश्याम खड्कालाई ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार’बाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी ३५ हजार राशीको ‘ईश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी सेवा पुरस्कार’ अधिकृत स्तरमा सबल रिजाल, सहायक स्तरमा काजीबहादुर पराजुली र स्तरविहीनमा मंगलबहादुर लामालाई प्रदान गरिएको छ । साथै, कर्पोरेसनको निरन्तर सेवामा हरी २० वर्ष सेवा अवधि पूरा गरेकालाई कदरपत्रसहित सम्मान गरिएको छ ।

अग्रजको स्मरण र सम्मान
गत वर्ष हाम्रा आदरणीय अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भयो । कर्पोरेसनले आफ्नो अभिभावक गुमाउनु परेकोमा अत्यन्त मर्माहत छौैं । कर्पोरेसनको स्थापना कालदेखि नै उँहाको सक्रियताले संस्थाले विकासको गति लिन सकेको अनुभव गरेका छौ । उँहाको अमूल्य योगदानको सम्मान स्वरुप बालहितकारी पुरस्कारको नाम लक्ष्मीदास मानन्धर बालहितकारी पुरस्कार स्थापना गरी उँहाको नामलाई चिरस्मरणीय बनाउने प्रयास गरेका छौं ।

(साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ६० औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा व्यक्त प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको मन्तव्यबाट ।)

प्रतिक्रिया दिनुहोस्