Logo
Logo

घरगोठ मासेर स्वास्थ्य चौकीलाई जग्गा



बागलुङ । बागलुङ नगरपालिका–७ स्थित मुलपानी स्वास्थ्य चौकीको भवन शिलान्यास समारोहमा जग्गा दाता ८२ वर्षीय मेघराज पाण्डेले बोलेको शब्द हो यो ।

उनले स्वास्थ्य चौकीको जग्गा अभावकै कारण भवन बन्न नसकेपछि आफ्नै घरगोठ भएको जग्गा स्वास्थ्य चौकीका नाममा दिएका छन् । आफ्नो जीवन अध्यापनमै बिताएका पाण्डेले ऊर्जाशिल समय त्यही स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको जग्गामा बिताएको बताए ।

सोही जग्गामा हुर्केर छोराछोरी लालन पालन गर्दै त्यहीँको विद्यालयमा अध्यापन गराएका पाण्ड अवकासपछि मात्रै बागलुङ बजारमा बसाइँ सरेका हुन् । ‘यही जगमा मेरो जन्म घर थियो । घर अलि पहिल्यै भत्कियो तर गोठ स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने क्रममा भत्केछ,’ उनले भने, ‘आफ्नो ९ रोपनी जग्गामा फैलिएको जग्गामध्ये स्वास्थ्य चौकीलाई आवश्यक ४ रोपनी जग्गा दिएपछि भवन निर्माण थालिएको हो ।’

स्वास्थ्य चौकीलाई आवश्यक परे अन्य जग्गासमेत प्रयोग गर्न दिने उनको भनाइ छ । साँघुरो जीर्ण भवनबाट सेवा दिँदै आएको स्वास्थ्य चौकीको नयाँ भवन बनाउनका लागि बागलुङका उपमेय राजु खड्काले शिलान्यास गरे ।

१ करोड ७० लाखमा जुम्ली निर्माण सेवाले मुलपानीले र्मिाण गरेको हो

प्रतिक्रिया दिनुहोस्