
काठमाडौं । जगदम्बा मोटर्सको ‘कायापलट’ योजनाअन्तर्गत काठमाडौं धापासीका भुजेन्द्र सरुमगरले स्कुटर खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाउन सफल भएका छन् ।
स्याङ्जाको मनकामना-१ का इमबहादुर गुरुङले बुटवलको बालाजी अटोमोबाइल्सबाट एन्टर्क १२५ एफ आई स्कुटर नकिन्दैे ४ हजार र किनेपछि १ लाख गरी १ लाख ४ हजार रुपैयाँँ हात पार्दै आफ्नो भाग्यको ‘कायापलट’ गरेका छन् ।
यस्तै ललितपुरका असनकुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफ आई स्कुटर नकिन्दै २५ हजार र किनेपछि १ हजार गरी २६ हजार रुपैयाँँ पाएका छन् ।
यस्तै योजनाबारे सोधपुछ गर्ने ८ जना ग्राहकले रियलमी सी३० स्मार्ट फोन जितेका छन् । कम्पनीका अनुसार यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा ५ पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् ।
‘कायापलट’ योजनाअन्तर्गत नकिन्दै १ लाख र खरिद गरेपछि १० लाख रुपैयाँँसम्म जित्ने मौका छ । एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख नगद पुरस्कार उपलब्ध गराइनेछ ।