Logo
Logo

काठमाडौं महानगरभित्र धुमपान प्रतिबन्ध



काठमाडौं । काठमाडाैं महानगरपालिकाले सार्वजनिक स्थानमा धुमपान निषेध गरेको छ ।

महानगरले बिहीबार सूचना निकालेर असोज १ देखि सार्वजनिक स्थलमा चुरोड, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको हो ।

सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइने समेत सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्