Logo
Logo

प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा विष्ट नियुक्त



गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त भएका छन् । आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दार्चुलाका विष्टलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले जानकारी दिए ।

विष्ट यसअघि आयोगको सदस्यमा नियुक्त भएका थिए । मन्त्रिपरिषद्को बैठकले कैलालीको टीकापुर निवासी जगत्बहादुर रावललाई आयोगको सदस्यमा नियुक्त गरेको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले गत वर्षको असोज ८ गते पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्