Logo
Logo

हराएका बालिका सकुशल भेटियो



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित खाम्लाकी २२ महिनाकी बालिका स्नेहा राई घरबाट हराएकोमा केही समयपछि झाडीभित्र सकुशल भेटिएका छन् ।

घरमा कोही नभएको समयमा शुक्रबार दिउँसो २ः३० बजे हराएकी स्नेहा आज बिहान घरदेखि करिब साढे दुई किलोमिटर तल झाडीभित्र एक्लै भेटिएका हुन् । राम्रो बोल्न र हिँड्नसमेत नसक्ने स्नेहा घाँस काट्न गएका स्थानीय मिनकला राईले झाडीभित्र एक्ली बसिरहेका अवस्था सकुशल फेला गरेको निवर्तमान वडाध्यक्ष भीम राईले बताए ।

‘बालिकाको अवस्था हेर्दा सकुशल रहेको देखिन्छ’, उनले भने, ‘रातभर पानी परेको र लामो समयसम्म एक्लै रहेकाले स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था पठाउने तयारी भइरहेको छ ।’

घाँस काट्न जानेक्रममा वनमारा, विभिन्न प्रजातिका बोटबिरुवा र खर ९घरको छाना छाउन प्रयोग गरिने घाँस रहेको झाडीभित्र बच्चा रोएको आवाज सुनेपछि हेर्न जाँदा स्नेहालाई भेटेको मिनकलाले जानकारी दिए । ‘गाउँमा बच्चा हराएको हिजोदेखि नै हल्ला चलेको थियो’, उनले भने, ‘बिहान डोको लिएर घाँस काट्न जाँदा झाडीभित्र सानो नानी रोएको आवाज सुनेँ १ हेर्न जाँदा एक्लै बसिरहेकी देखेँ १ बोलाउँदा आउन नसकेपछि आफैँ झाडीभित्र गएर बोकेर बाहिर ल्याएँ १ अनि बच्चीको परिवारलाई बोलाएर आएपछि उनीहरुलाई बुझाएकी छु ।’

राम्रो बोल्न र हिँड्नसमेत नसक्ने बालिका हराएको जानकारी प्राप्त भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरी रभर खोजी कार्यमा लागेका थिए । बुबा उमेश छिमेकीकामा पितृकार्य तथा आमा प्रिती राई ठूली छोरीलाई विद्यालय लगेर गएको समयमा स्नेहा हराएको पारिवारिक स्रोतले जनाएको छ । नुनथलाको घटनाका बारेमा यथार्थ बुझ्न प्रहरीलाई निर्देशन दिइएको जिल्ला सुरक्षा समिति खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए । प्रजिअ सेढाईंले सामाजिक सञ्जालमा आएको हल्लाको पछाडि नलाग्न र आफ्ना बालबालिको हेरचाहमा ध्यान दिन जिल्लावासीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्