Logo
Logo

खेलकुदमन्त्रीद्वारा बर्दियाका खेल संरचनाको अनुगमन



नेपालगञ्ज । खेलकुदमन्त्री महेश्वर गहतराजले खेल पूर्वाधारको संरक्षण तथा मर्मत गर्ने दायित्व स्थानीय सरकारको रहेको बताएका छन् ।

बर्दियाको बाँसगढी–४ स्थित कवर्ड हल निरीक्षण गर्दै मन्त्री गहतराजले केन्द्र तथा प्रदेश सरकारको लगानीमा निर्माण भएका खेल संरचनाको संरक्षण स्थानीय तहले गर्नुपर्ने बताएका हुन् । स्थानीय तहको सहभागिताबिना कुनै पनि योजनाले पूर्णता पाउन नसक्ने र वडास्तरबाट खेल पूर्वाधार निर्माणका लागि बजेट छुट्टाउनसमेत आग्रह गरे ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बर्दियाको बाँसगढी–४ मगरपुरमा कबर्ड हल निर्माण गरिएको थियो । केन्द्र सरकारको २ करोड १० लाख लागतमा निर्माण भएको उक्त हल प्रयोगविहीन हुँदै आएको गुनासो बढेपछि मन्त्री गहतराजले स्थलगत निरीक्षण गरेका हुन् ।

अनुगमनका क्रममा स्थानीयले कबर्ड हलको चारैतर्फ पर्खाल तथा चेन्जिङ रुमसहित खेलाडीका लागि आवासगृह निर्माणमा पहल गरिदिन मन्त्रीलाई आग्रह गरेका थिए ।

खेलकुदमन्त्रीले बाँसगढी–८ हिरपुरमा रहेको नगरस्तरीय खेल मैदानको समेत अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्