Logo
Logo

सबै चाडपर्वको संरक्षण गर्नु राज्यको दायित्वः मुख्यमन्त्री राई


378
Shares

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सबै भाषा, धर्म, संस्कृति र चाडपर्वको संरक्षण गर्नु राज्यको दायित्व रहेको बताएका छन् ।

जितिया पर्वका अवसरमा शुभकामना दिदै मुख्यमन्त्री राईले हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकुन् भन्ने कामना गरे ।

‘यी पर्वबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित संसारभरि फैलिएर रहेका नेपाली दिदीबहिनी, दाजुभाइमा जितिया पर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ आइतबार शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन् ।

जितिया तराईमा बसोबास गर्ने थारु र मैथिली समुदायका महिलाले मनाउने महान चाड हो । प्रदेश १ सहित तराई–मधेसकामा जितिया पर्व धुमधामका साथ मनाइन्छ । सन्तानको दीर्घायुका लागि बस्ने भनिएको यो व्रत आश्विन कृष्णपक्षकोे अष्टमी तिथिका दिन मुख्यगरी मनाइन्छ ।

आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालुहरू स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु गरी नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्