Logo
Logo

निर्वाचन अपांगमैत्री मनाउन माग



चितवन । नेत्रहिन युवा संघ नेपाल चितवन शाखाले निर्वाचनलाई अपांगमैत्री बनाउन राजनैतिक दलसमक्ष माग गरेको छ ।

राजनैतिक दलहरुलाई ज्ञापनपत्र बुझाउँदै संघले ध्यानाकर्षण गराएको हो । संघका जिल्ला सचिव किरण पन्तका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, बिबेकशिल साझा पार्टी, राप्रपा र निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अपांगता भएका व्यक्तिले सहजै मतदान गर्न मिल्ने गरी व्यवस्था मिलाउन दलहरुको ध्यानाकर्षण गराइएको उहाँले बताए । मतदान गर्नका लागि अपांगता भएका व्यक्तिलाई सहज बातावरण वनाइनुपर्नेलगायत माग ज्ञापनपत्र उल्लेख गरिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीमा दलहरुले नाम सूचिकृत गर्दा अपांगता भएका व्यक्तिलाई प्रथामिकतामा राखिनुपर्ने, उनीहरुको हक अधिकारका बारेमा आफ्नो घोषणा पत्रमा स्पष्ट उल्लेख हुनुपर्ने संघको माग छ ।

संघकका जिल्ला कोषाध्यक्ष कोपिला केसीले मतदानस्थलमा स्वयमसेवीका रुपमा कम्तिमा अपांगता भएका व्यक्तिलाई समेत परिचालन गर्न दलहरुलाई सुझाव दिइएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्