Logo
Logo

आनन्दवन अस्पतालमा ट्रमा र इमरजेन्सी सेवा सञ्चालनमा



पाटन । ललितपुरको गोदावरी नगरपालिका–५ मा अवस्थित आनन्दवन अस्पताल परिसरमा निर्मित अनन्दवन ट्रमा तथा इमरजेन्सी विङ सञ्चालनमा आएको छ ।

बाल चिकित्सा र सुविधायुक्त एनआईसीयू, प्रसूति गृह, सर्जिकल वार्ड, दुर्घटनापछिको सूक्ष्म उपचार, क्रिटिकल केयर युनिट र इन्सेटिभ केयर युनिटसहितको सेवा तथा सुविधा दिने अभिप्रायका साथ अस्पताल परिसरमा उक्त विङ सञ्चालनमा आएको हो ।

नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आनन्दवन अस्पतालले पु¥याएको सेवा र सुविधा धेरै महत्वपूर्ण भएको बताए । ‘हरेक वर्ष स्वास्थ्य उपचारका कारण चार लाख नेपाली गरिबीको रेखामुनि पुग्छन् । उपचार पनि अत्यन्त महँगो हुँदैगएको अवस्थामा यो अस्पतालले पु¥याएको सेवा र सुविधा अत्यन्तै महत्वपूर्ण छ’, उनले भने ।

ज्ञान र चेतनाको अभावले कुष्ठरोगका बिरामीलाई विभेद गर्ने चलन रहेको स्मरण गर्दै मन्त्री खापुङले भने, ‘कुष्ठरोगका बिरामीलाई विभेद गर्ने कानून छ भन्ने पनि कुरा उठ्यो, अहिले त्यस्तो विभेदकारी कुनै कानून छैन, भएका कानून सबै हटाइसकिएको छ ।’

निवर्तमान सांसद नवराज सिल्वालले आनन्दवन अस्पतालमा स्नायु शल्यक्रियासम्बन्धी व्यवस्था नभएकाले त्यसको व्यवस्थापन गरिदिनका लागि स्वास्थ्यमन्त्रीसमक्ष आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्