Logo
Logo

पोखरामा अवैध संरचना हटाउन मेयर आचार्यको निर्देशन



काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरिभत्रकाे अवैध संरचना हटाउने बताएका छन् ।

फेवाताल किनाराका अवैध संरचनाको निरीक्षण गर्न पुगेका आचार्यले नगर प्रहरीलाई अवैध संरचना हटाउन निर्देशन दिएका हुन् । महानगरले फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना बनाउन नपाईने बताएको छ ।

पछिल्लो समय संरचना बन्न नरोकिएको सूचना पाएपछि मेयर आचार्यले निरीक्षण गरेका हुन् । महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट अशुलउपर गर्ने पनि उनले बताएका छन् ।

महानगरले अवैध संरचना निर्माणमा प्रयोग भएको रेडी मिक्सचर समेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्