Logo
Logo

बत्तिसपुतलीमा शेखर समूहको चियापान


5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले दसैंको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ ।
बिहीबार बिहान काठमाडौंको बत्तीसपुतलीमा संस्स्थापन समूहलाई खबरदारी अभियानद्वारा आयोजित चियापान कार्यक्रमा अहिले जारी छ ।

चियापान कार्यक्रममा शीर्ष नेताहरु सहभागी छन् । कार्यक्रममा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका शीर्ष नेताहरुको उपस्थित रहेको छ । सँगै पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू पनि पुगेका छन् ।

चियापानमा आएका अधिकांश नेता कार्यकर्ताले आसन्न चुनावमा उम्मेदवार बन्नबाट वञ्चित भएको भन्दै गुनासो पोखेका छन् । समानुपातिकको बन्दसूचीमा आफ्नो नाम नपरेको भन्दै पहल गरिदिन आग्रह गर्दै शेखर, गगन र धनराजसँग आग्रह गरेका छन् ।

कांग्रेसले सीट बाँडफाँट र सम्माजनक अवसरको मागसहित संस्थापन पक्षलाई दबाब दिँदै आएको छ । बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ता धर्नासमेत बसेका छन् । यसैबीच चियापान कार्यक्रममा पुगेका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा छुट्टै बैठक बसेकाे छ ।

प्रतिक्रिया दिनुहोस्