Logo
Logo

माछापुच्छरे बैंकद्वारा १६ प्रतिशत लाभांश घोषणा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । माछापुच्छरे बैंक लिमिटेडको २०७६ भदौ ११ गते बसेको सञ्चालक समितिले गत आर्थिक बर्ष (२०७५-७६) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश (करसहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांशअन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश (करसहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ संचित छ ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४सै घण्टा एटिएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा २५७ स्थानबाट ग्राहक माहानुभावमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १५७ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्