Logo
Logo

भक्तराजलाई सिंगक समाज हङकङको सहयोग


- दृष्टि न्युज/संवाददाता


ललितपुर, १३ भदौ । उपचाररत तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. १० साविक तम्फुला गाविस वडा नं. ७ का भक्तराज खापुङ लिम्बूको उपाचारका लागि सिंगक समाज हङकङले १ लाख ६ हजार २ सय १० आर्थिक सहयोग प्रदान गरेको छ ।
भक्तराजको मृगौला र फोक्सोमा क्यान्सर भई भारतको राजिव गान्धी अस्पतालमा हालै अप्रेसन गरिएको थियो । आर्थिक अवस्था कमजोर रहेका भक्तराजको थप उचारका लागि फेदाप गाउँपालिका–३ पौदिनका सिंगक परिवारले उनलाई सहयोग प्रदान गरेको हो ।
यसअघि भक्तराजका लागि गाउँबाट केही आर्थिक सहयोग जुटेको थियो । हालसम्म भक्तराजको उपचारमा ३० लाख खर्चभन्दा बढी खर्च भएको उनकी बहिनी विमला खापुङ पाख्रिनले जनाएकी छन् । ती खर्च धेरैजसो आर्थिक सहयोगबाटै जुटेको थियो ।
भक्तराजलाई आर्थिक सहयोग गीतकार मीना सिंगकबाट हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण कायक्रममा बिरामीकी बहिनी बिमला खापुङ, किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोका महासचिव देवेन्द्र खापुङ र सुजिना इस्बो उपस्थित थिए । सहयोग जुटाउन पहल गरेको बारे मीना सिंगकले जानकारी गराएकी थिइन् । त्यसैगरी विरामीको अवस्थाबारे जानकारी दिँदै सहयोगदाताहरुलाई विरामीको फुपुकी बुहारी सुजिना इस्बोले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्