Logo
Logo

इटहरी उपमहानगरले सुरु ग¥यो अस्थायी संरचना हटाउन


- दृष्टि न्युज/संवाददाता


इटहरी । इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाउन सुरु गरेको छ । सडक शुसासन कायम गर्न पूर्व–पश्चिम सडकको पचरुखीचौकदेखि सडकको दायाँबायाँ साढे ८२ फिट सफा गर्न सुरु गरिएको हो ।

एक सातासम्ममा रामधुनी नगरपालिकाको सिमासम्म क्लियर गरिसक्ने उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले बताए । सात दिनसम्म आफैँ हटाउन अनुरोध गर्दा पनि नहटाएपछि उपमहानगरले हटाउन थालेको हो । रामधुनी नगरपालिकाको सिमासम्म सडक सफा गरिसकेपछि अर्को एक हप्ता पचरुखी पूर्व बुढीखोलासम्म पुनः अस्थायी संरचना र राखिएका समाग्रीहरु हटाइने प्रमुख चौधरीले जानकारी दिए ।

गत वर्ष भदौमा बुढिखोलादेखि पचरुखीसम्म सफाइ गरिएको थियो । यस वर्ष सडक शुसासन अभियान सुरु गर्नुअघि उपमहानगरले सम्बन्धित विपयगत कार्यालय र सबै सरोकारवाला पक्षसँग छलफल गरेको थियो । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजालसमेतको उपस्थितिमा छलफल भएको थियो । कार्यक्रममा सडक डिभिजन कार्यालय, टेलिकम, विद्युत्, यातायात, उद्योग वाणिज्य संघ, जनप्रतिनिधिलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्