Logo
Logo

माछापुच्छरे बैंकको १०.२५ डिबेन्चर २०८५ बाँडफाँड


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । माछापुच्छरे बैंकले २०७६ साउन ६ गतेदे िखजारी गरेको रु ३ अर्ब बराबरको ऋणपत्र २०७६ भदौ १३ गते ३० लाख कित्ता ऋणपत्रहरुमा समानुपातिकरुपले बाँडफाँड गरेको छ । बैंकले उक्त ऋणपत्रको लागि आवेदन दिनुहुने सम्पूर्ण लगानीकर्ताहरुलाई धन्यवादसमेत ज्ञापत गरेको छ ।

सवल, उत्कृष्ठ एवं विस्तारित पहिचान बनाएको माछापुच्छरे बैंकमा ग्राहकको अपार माया एवं विश्वासको फलस्वरुप बैंकले जारी गरेको ऋणपत्रले नेपालको पूँजी बजारलाई विकसित गर्न सकारात्मक भूमिका निर्वाह गर्ने विश्वासमेत बैंकले लिएको छ । बैंकले निकट भवष्यमा उक्त ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण जानकारी पनि दिएको छ । उक्त ऋणपत्रको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको बैंकले जनाएको छ ।

माछापुच्छरे बैंक पूर्वमा झापादेखि पश्चिम कञ्चनपुरका साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ शाखाहरु र १२१ शाखरहित बैंकिङ सेवासमेत गरी जम्मा २५७ स्थानबाट ७ लाखभन्दा बढी ग्राहकसमक्ष सम्पूर्ण बैंकिङ सुविधाप्रदान गरिरहेको छ । बैंकको देशभर १५८ एटिएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्