Logo
Logo

नेपाल वायुसेवा निगम नै बेच्ने तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ भदौ । नेपाल वायुसेवा निगम विदेशी कम्पनीलाई बेचेर कमिसन खाने उद्देश्यले मदन खरेललाई निगमको कार्यकारी अध्यक्ष बनाइएको रहस्य अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा खोले । अर्थमन्त्री खतिवडाले निगमको भविष्य जोगाउन विदेशी कम्पनीलाई पार्टनर बनाउनुपर्ने धारणा राखेका थिए । त्यही सेरोफेरोमा पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ । उक्त कार्यदलले पनि सरकारी भाषामै प्रतिवेदन दिने भएको छ ।

घिमिरे कार्यदलले आफ्नो काम अन्तिम चरणमा पु¥याएको छ । पर्यटन मन्त्रालय सूत्रका अनुसार अर्को हप्ता घिमिरे कार्यदलले प्रतिवेदन दिनेछ । त्यही प्रतिवेदनलाई टेकेर सरकारले निगमको स्वामित्व विदेशी कम्पनीलाई दिने भित्री तयारी गरेको छ । निगममा पहिलादेखि नै जर्मनको लुफ्थान्सा एयरलाइन्सले आँखा गाडेको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकै कार्यकालमा निगमको शेयर लुफ््थान्सालाई दिने भित्री तयारी थियो ।

राजनीतिक हस्तक्षेपका कारण निगमको अवस्था कमजोर भएको हो । जहाज नभएर होइन, भएका जहाजलाई व्यवस्थापन गर्न नसक्दा निगमले घाटाको व्यापार गर्दै आएको छ । सुगतरत्न कंसाकारजस्तो निर्भिक व्यवस्थापक निगममा भएसम्म निगमलाई निजीकरण गर्न सकिन्न भनेरै कंसाकारको ठाउँमा खरेललाई नियुक्त गरेको रहस्य अब खुल्दै जान थालेको छ । नेपाली कांग्रेसको सरकारले सबै सरकारी संस्थान निजीकरण गरेर सिध्याएपछि बाँकी रहेको नेपाल वायुसेवा निगम निजीकरण गर्न नेकपाको सरकार हतारिएको छ । घिमिरे कार्यदललाई धेरैले मदन खरेललाई कार्यकारी अध्यक्षबाट हटाउनुपर्ने र निगमको अध्यक्षमा मन्त्रालयका सचिव ल्याउनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्