Logo
Logo

नेपाली आकाश सुरक्षित छ : रामेश्वर थापा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ भदौ । निजी क्षेत्रका वायुसेवाको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) को अध्यक्षमा क्याप्टेन रामेश्वर थापा सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबार राजधानीमा सम्पन्न संघको १९औं वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा दुई वर्षका लागि १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । अन्नपूर्ण मिडिया मालिक समेत रहेका थापा सिम्रिक एयरका अध्यक्ष हुन् ।

पर्यटनमन्त्री योगेश भट्टराईले हालै ल्याएको ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुटको योजनामा उनको समर्थन छ । त्यसको मोडालिटी बन्नै बाँकी रहेको र त्यसमा सरकार र निजी क्षेत्र दुवै पक्षको दायित्व हुने उनी बताउँछन् । ‘ज्येष्ठ नागरिकहरु हाम्रा सम्मानिय बुबा–आमा हुनुहुन्छ, उहाँहरुलाई हामीले अहिले पनि सुविधा दिइहरेका छौं’, क्याप्टेन थापा भन्छन्, ‘उहाँहरुलाई थप सुविधा दिन तयार छौं ।’

नेपाली आकाश सुरक्षित छ भनेर विश्वसनियता बढाउनु आफ्नो प्रमुख उदेश्य भएको उनले बताए । ‘नेपाली आकाश सुरक्षित छ, यो सन्देश संसारभरि जाओस् भन्ने म चाहन्छु,’ दृष्टिसँगको कुराकानीमा उनले भने, ‘एभियसन क्षेत्रमा विश्वमा प्रयोग भइरहेको उच्चतम प्रविधि नै हामीले अंगालेका छौं । त्यसकारण नेपाली आकाश सुरक्षित छ ।’

‘पर्यटन वर्ष २०२०’ लाई सफल बनाउनु आफ्नो प्राथमिकता भएको उनी बताउँछन् । तर, त्यसको तयारी राम्रो हुन नसकेको उनी सन्तुष्ट छैनन् । २० लाख पर्यटक ल्याउन सरकारले त्यही अनुसार तयारी गर्नुपर्ने भए पनि अहिलेको अवस्थाअनुसार त्यो सम्भव नभएको उनी बताउँछन् । पर्यटन वर्षका लागि नेपालका एयरलाइन्सहरुले विमानहरु ल्याएर उडानहरु थप्ने तयारी गरिरहेको उनले सुनाए ।

पर्यटनमन्त्री योगेश भट्टराईले हालै ल्याएको ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुटको योजनामा उनको समर्थन छ । त्यसको मोडालिटी बन्नै बाँकी रहेको र त्यसमा सरकार र निजी क्षेत्र दुवै पक्षको दायित्व हुने उनी बताउँछन् । ‘ज्येष्ठ नागरिकहरु हाम्रा सम्मानिय बुबा–आमा हुनुहुन्छ, उहाँहरुलाई हामीले अहिले पनि सुविधा दिइहरेका छौं’, क्याप्टेन थापा भन्छन्, ‘उहाँहरुलाई थप सुविधा दिन तयार छौं ।’

एयरलाइन्सहरु राष्ट्रको समेत सम्पत्ति भएकाले सरकारको पनि यसमा सहयोग हुनुपर्नेमा उनको भनाई छ । अध्यक्ष थापाले आफ्नो कार्यकालमा वायुसेवाको सुरक्षाको स्तरलाई अझै उचाईमा पु¥याउने र नेपाली वायुसेवाको सुरक्षा सुदृढीकरणलाई बढीभन्दा बढी विश्वासिलो बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । भन्छन् ‘नेपाल नागरिक उड्डयान प्राधिकरणसँग हातेमालो गर्दै नेपाली हवाई उद्योगमा देखिएका विभिन्न समस्यालाई पनि निराकरण गर्नेछौं ।’ थापा यसअघि पनि दुई कार्यकाल संघको अध्यक्ष भइसकेका छन् ।

क्याप्टेन थापाको अध्यक्षतामा गठन भएको नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा यति एयरलाइन्सका अनोज रिमाल, द्धितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई, महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी छनोट भएका छन्। कार्य समिति निर्विरोध चयन भएको हो ।

कार्य समिति सदस्यहरूमा समिट हेलिकप्टरका क्याप्टेन दिपक जे.वि. राणा, हेली एभरेष्टका योगराज कँडेल शर्मा, एयर डाइनेष्टी हेली सर्भिसेजका बालकृष्ण पण्डित, अल्टिच्यूड एयरका निमा नुरु शेर्पा, कैलाश हेलिकप्टरका वरुण ज्ञवाली, प्रभु हेलिकप्टरका सुवास अमात्य र सिम्रिक एयरलाइन्सका प्रज्वल थापा चयन भएका हुन् ।

साधरणसभा संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईको प्रमुख अतिथि थिए भने संघका अध्यक्ष पवित्रकुमार कार्कीले अध्यक्षता गरेका थिए । साधरणसभामा मन्त्री भट्टराईले नेपालको हवाई क्षेत्रमा निजी क्षेत्रले पु¥याएको योगदानका लागि धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्