Logo
Logo

रवि नेपालीहरुकै दाई : नेपाल प्रहरी मच्चियो मच्चियो थच्चियो


अनिलभक्त खरेल

0
Shares

अनिलभक्त खरेल
अन्तत आम नेपाली जनताका नजरमा दर्जिएका पत्रकार तथा पार्टीका पत्रकारको नजरमा टीभी प्रस्तोतका रुपमा चिनिएका रवि लामिछाने १० दिनको प्रहरी हिरासतबाट सम्मानित अदालतको आदेशमा ५ लाख धरौटीमा रिहा भएका छन् । यस घटनाले नेपाल सरकार र नेपाल प्रहरी यसमा नराम्रोसंग विवादमा मुछिएको छ । सामाजिक सञ्जाल २ सातादेखि रविमय भएको छ ।

अनिलभक्त खरेल

पहिला पहिला ‘जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि’ भन्ने उखानलाई रवि लामिछानेको जनतासंग सिधाकुरा मार्फत ‘जहाँ पुग्दैनन् कवि त्यहाँ पुग्छन् रवि’ भन्ने चरितार्थ गरेका थिए रविले कार्यक्रम मार्फत । त्यसैले रवि जेलमा पुग्दा नेपाली जनताहरु स्वस्फुर्त रुपमा देशव्यापी रुपमा सडकमा आए । नेपालको इतिहासमा विना नेतृत्व यत्तिका जनता सडकमा आएर कसैको पक्षमा बोलेको पहिलो घटना हो ।

के युवा युवती के बुढा बुढी सबै ‘रवि दाई हाई’ भन्दै सडकामा आएका थिए । जसरी वीपी कालमा वीपलिाई बुढा बुढीहरुले नि सान्दाई भन्थे हो त्यसरी नै आज रवि सबैका दाई भए अर्थात् नेपालीका दाई भए उनले चलाएको कार्यक्रमले । निमुखा, आवाजवीहिनहरुको आवाज बनेर अन्याय, अत्याचार, भ्रष्टाचार, कालाबाजारी देशद्रोहीहरुको विरुद्ध देशभक्तिपुर्ण कार्यक्रम चलाएका कारण नै रवि यतिखेर सबैका दाई भएका हुन् । उनले आप्mनो इमेजलाई बचाईराखुन् मेरो शुभकामना छ । हैनभने आज हाई हाई भएका व्यक्ति भोली वाई वाई पनि हुन सक्छन् चेतना भया ।

अनेक तिकडम लगाउदा पनि नेपाल प्रहरीले रवि विरुद्ध त्यस्तो केही ठोस प्रमाण अदातल समक्ष पेश गर्न सकेन जसले रवि धरौटीमा रिहा भएका हुन् । तर नबुझिने कुरा एउटै प्रकृतिको केशमा पक्राउ परेका ३ जना आरोपीहरुमध्ये रविलाई ५ लाख, युवराजलाई ३ लाख तथा अस्मितालाई बिना धरौटीमा रिहा गरिनु कानुनका धुरन्धरालाई थाहा होला उनीहरुले बोल्लान् । जे होस रवि प्रहरी हिरासतबाट मुक्त भएका छन् । रवि भनेको सुर्य पनि हो सारा शक्ति लगाउदा पनि सुर्यलाई हत्कोलाले छेक्न सकेनन् । नेपाल प्रहरी एवं सरकार मच्चियो मच्चियो थच्चियो हुन पुग्यो र दानवहादुर एवं कम्पनीहरुलाई हात लाग्यो शुन्य हुने अवस्था आएकोछ । भिडियो लिक गर्ने एसपी दानवहादुरहरुका कारण यस घटनाले नेपाल प्रहरीले जनतासंगको विश्वास पुन गुमाउन पुगेको छ । यसअघि निर्मला हत्याकाण्ड तथा ३३ किलो सुन काण्डमा असफलता व्यहोरेको नेपाल प्रहरी जनताको नजरमा अपराधि बचाउने, हत्यारा, बलत्कारी र षडयन्त्रकारीको दर्ज भएकै थियो फेरि दानवहादुरहरुको अकर्मण्यताले गर्दा जनतााके नजरमा साख अझ झन् गिरेको छ । जसरी एउटा कुहिएको आलुले सारा बोराको आलुलाई कुहाउछ भने झै निर्दोश फसाउन खोज्ने दानबहादुर मल्ल जस्ता आपराधिक सोच भएका बदनाम प्रहरीकै कारण नेपाल प्रहरी बदनाम नहोला भन्न सकिन्न । यस्तै रवैयालाई निरन्तर दिने हो भने नेपाली जनताले नेपाल प्रहरीको विकल्प नसोच्लान् भन्न सकिन्न ।

नेपाल प्रहरीको लागि अबको मार्ग भनेको सर्वप्रथम पत्रकार शालिकरामले मर्दा मर्दै बोलेको भिडियो कसरी लिक भयो ? त्यस्तै अन्य सुचनाहरु पनि लिक भएका हुन सक्छन्, दानवहादुरहरुलाई तुरुन्त खोरमा कोचेर केरकार गर्ने हो भने जनताको नजरमा प्रहरीप्रति विश्वास जाग्ने थियो र यसमा नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालको ध्यान केन्द्रित हुन जरुरी छ । हैनभने जनताले रविलाई जस्तै हज्जारौ आवाजविहीनलाई प्रहरीले झुट्टा मुद्दामा प्रहरी हिरसतमा राखेको छ भनेर प्रश्न गर्न सक्नछन् । जनताको समर्थन विना नेपाल प्रहरी अगाडी बढ्न सक्दैन । हाम्रो काम त राम राम मात्र भन्ने हो काँध थाप्न सकिन्न । चेतना भया ।

मानिसले आत्महत्या विभिन्न कारणले गर्न सक्छन् । कोही एसएलसीमा फेल भएर, कोही नम्बर कम आएर, कोही भ्रष्टचारको मुद्दा गगेर, कोही प्रमोशन नपाएको कारण, कोही प्रेममा असफल भएको कारण । ती मध्ये कसैले मर्नेबेलामा सुसाइट नोट लेखेर कसैलाई पोले भन्दैमा प्रहरी खोरमा नै जाक्नु पर्छ र ? बाहिर राखेर पनि अनुसन्धान गर्न सकिन्छ । रविलाई पनि त्यसो गर्न सकिन्थ्यो । रविले कतिको भण्डाफोर गरेका थिए टेलिभिजन मार्फत । फेरि ती मध्ये कसैले रविका कारण म मरे भनेर भिडिायो बनायो भने के फेरि समाउने रविलाई ? रविको काम नै भण्डाफोर गर्ने हो ।

प्रहरी र नेपाल सरकारले सोसल मिडियाका आम नागरिकले जस्तै विना प्रमाण कसैलाई आरोप लगाउनु हुँदैनथ्यो । यसरकार आफै षडयन्त्रकारी भएपछि जनताले त्यस्को विकल्प त खोज्ने भए रवि त्यसकै उदाहरण हुन् । जसरी माओवादीले सुरु गरेको जनसरकार र जन अदालतमा जनताहरु न्याय माग्न गएका थिए । पहिला माओवादीका जनसरकारसंग गए अहिले रविसंग गए फरक यत्ति हो । त्यसबेला आर्थिक फाइदा र व्यक्तिगत रिसइवी दाँज्ने काम गरिएको थियो तर अहिले सत्यतथ्य उजागार हुन्छन् । हो त्यही सत्यको पक्षमा उत्रेका हुन् जनता । अहिले रविको समर्थनमा निकालिएको जुलुशमा उनलाई नजिकबाट चिन्ने मानिस भन्दा सत्यको पक्षमा लड्ने मानिस धेरै छन् । अब रविहरुको बारेमा आम वहस चलाउने बेला भएको छ । किन अब गाउँ गाउँ वस्ती वस्तीबाट रविहरुलाई समर्थन गर्दै भ्रष्टचारी षडयन्त्रकारीहरुको झण्डाफोर नगर्ने ? फलाम तातेको बेलामा नै त्यसको आकार दिनुपर्छ । अहिले जनता तातेका छन् जनता तातेकोबेला भ्रष्टचारी, षडयन्त्रकारीहरुलाई निमिट्यान्न पार्नै पर्छ । जनताले गाउँ गाउँ बस्ती बस्तीबाट रिपोर्टिन गरेर रविहरुलाई बुझउनु पर्छ । आम जनता पनि पत्रकार हुन । आम नागरिकले पनि जनता सुसुचित गराउन सक्छन् । पत्रकार हुन पार्टीको सदस्य, पत्रकार महासंघको सदस्य र सुचना विभागबाटै प्रेस पास लिनुपर्छ भन्ने नै छैन । नागरिक बिन बर्दीका प्रहरी भने झै बिना बर्दीका पत्रकार पनि हुन् ।
भर्जिनिया, अमेरिका

प्रतिक्रिया दिनुहोस्