Logo
Logo

बैतडीमा एमाले अघिअघि माओवादी केन्द्र पछिपछि



बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । सात हजार पाँच सय ५० मत गणना हुँदा भण्डारीले तीन हजार पाँच सय ९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।

उनीलाई गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर (विजयसुन्दर)ले तीन हजार २९ मतका साथ पछ्याइरहेका छन् । बैतडीमा प्रतिनिधिसभामा एकमात्रै क्षेत्र हो ।

यस्तै प्रदेशसभा (१) मा सात हजार तीन सय मतगणना हुँदा एमालेका सुरेन्द्र पालले दुई हजार तीन सय ३६ मत प्राप्त गरेका छन् । उनको पछिपछि रहँदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले दुई हजार एक सय ६३ मत पाएका छन् । यसैगरी तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका वीरबहादुर बिष्टले एक हजार तीन सय ३६ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा (२) मा भने कांग्रेस अगाडि छ । आठ हजार छ सय ९५ मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले तीन हजार नौ सय ६० मत ल्याउँदा नेकपा एमालेका लीलाधर भट्टले तीन हजार आठ सय ७० मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्