Logo
Logo

अछाम-१ मा एकीकृत समाजवादी अगाडि, पछ्याउँदै झपट



अछाम । अछाम जिल्लाको निर्वाचन क्षेत्र नं.१ मा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ ।

हालसम्म १४ हजार ६९७ मत गणना हुँदा श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर ८ हजार ३१ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई एमालेका झपट बोहरा ४ हजार ८१५ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार राजन कुँवरको मत भने ९४२ रहेको छ ।

नेकपा एमालेका नेता भीम रावलको गृह निर्वाचन क्षेत्रसमेत रहेको यस क्षेत्रमा ४१ हजार ६४३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्