Logo
Logo

सप्तरी-२ : दुवै प्रदेशसभा सदस्यमा सिके राउतको जनमत पार्टी विजयी



काठमाडौं । सप्तरी–२ को प्रदेशसभातर्फका दुवै सिटमा जनमत पार्टीका उम्मेदवार विजयी भएका छन् । सप्तरी–२ को प्रदेशसभा क्षेत्र नम्बर १ मा सतिशकुमार सिंह १६ हजार ७३४ मतका साथ विजयी भएका हुन् । उनले जनता समाजवादी पार्टीक शैलेन्द्र प्रसाद साहलाई पराजित गरेका हुन् । साहले जम्मा ८ हजार २९२ मत पाए ।

यस्तै प्रदेशसभातर्फको क्षेत्र नम्बर २ मा पनि जनमतकै महेशप्रसाद यादव विजयी भएका छन । उनले १३ हजार ३२५ मतका साथ विजय हासिल गरेका हुन् भने माओवादी केन्द्रका उमेशकुमार यादवले ७ हजार २३ मत पाए । यस्तै जसपाका लक्ष्मण यादव तेस्रो भए ।

सप्तरी–२ को प्रतिनिधिसभातर्फको मतगणना जारी छ । यो क्षेत्रमा प्रनिनिधिसभा सदस्य उम्मेदवार सीके राउत जित नजिक छन् ।

प्रतिक्रिया दिनुहोस्