बझाङ । बझाङमा मतगणना सुरू भएको छ । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मङ्गलबार अपराह्नदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ ठाउँमा मतगणना सुरु भएको छ ।

बझाङबाट प्रतिनिधिसभा सदस्य पदका लागि सात जनाको उम्मेदवारी रहेको छ । नेकपा एमालेबाट ऐनबहादुर महर र लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी प्रतिस्पर्धामा छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमराज जोशी, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामबहादुर जाग्री र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।














