Logo
Logo

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना नसकिँदै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका छन् ।

उनी नेपाली कांग्रेसका प्रदीप पौडेलसँग पराजित हुने निश्चित भएको हो । किनकी गन्न बाँकी सबै मत पोखरेललाई जाँदा पनि उनको जित सम्भव छैन ।

अहिले यस क्षेत्रमा ३ हजार ५ सय ४९ मत मात्र गन्न बाँकी छ । तर, कांग्रेसका पौडेलले ४ हजार ५७९ मतान्तरले एमालेका पोखरेललाई पछाडि पारिसकेका छन् ।

अहिलेसम्मको गणनामा पौडेलले १४ हजार ८३ मत पाएका छन् भने पोखरेलले ९ हजार ५०४ मत पाएका छन् । गन्न बाँकी सबै मत पोखरेललाई जाँदा पनि उनको जम्मा मत १३ हजार ५३ मात्रै हुन्छ ।

गन्न बाँकी मतभन्दा मतान्तर बढी भएका प्रदीप अनौपचारिक रूपमा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्