Logo
Logo

तनहुँ-२ मा काँग्रेसका शङ्कर भण्डारी विजयी



दमौली । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरी विजयी भएका हुन् ।

आज बिहान सम्पन्न मतगणनाअनुसार भण्डारीले प्रतिस्पर्धी नेकपा एमालेका किरण गुरुङलाई पाँच हजार चार सय ७४ को मतान्तरले पराजित गरेका हुन् । गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गरेको क्षेत्र नं २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए । निर्वाचनमा ६८ हजार एक सय ७३ मत खसेको थियो ।

विसं २०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार केदार सिग्देलसँग पराजित भएका भण्डारी दोस्रो प्रयासमा सोही क्षेत्रको प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्