Logo
Logo

ताप्लेजुङमा योगेश पराजित हुने खतरा



काठमाडौं । ताप्लेजुङमा नेकपा माओवादीका उम्मेदवार खेलप्रसाद १४ हजार ७५८ मतसहित अग्रस्थानमा छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका सचिवसमेत रहेका योगेश भट्टराईले अहिलेसम्म १४ हजार ३०२ मत पाएका छन् । खेलप्रसाद र योगेशबीच ४५६ मतान्तर रहेको छ ।

पछिल्लो मतगणनामा खेलप्रसादले लगातार अग्रता लिइरहेका छन् भने योगेश उनलाई पछ्याइरहेका छन् । अहिलेकै तुलनामा खेलप्रसाद अगाडि बढेमा योगेश पराजित हुने निश्चित छ । २०७४ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि योगेश पर्यटनमन्त्री बनेका थिए ।
ताप्लेजुङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार होमप्रसाद तुम्बाहाम्फेले ६७२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्