Logo
Logo

मत गन्न नसकिँदै विश्वप्रकाश विजयी



काठमाडौं । झापा–१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जित सुनिश्चित भएको छ । पछिल्लो मतपरिणाअनुसार विश्वप्रकाशले ३४ हजार ५०८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका अग्नि खरेल २१ हजार ८२८ मत पाएका छन् ।

यहाँ अब ११ हजार ३९१ मत गन्न बाँकी रहेको छ । विश्वप्रकाश र खरेल बीचको मतान्तर १२ हजार ६८० रहेको छ । त्यसैले विश्वप्रकाशको जित सुनिश्चित भएको हो ।

प्रतिक्रिया दिनुहोस्