Logo
Logo

एनआइसी एशिया र ग्लोबल कि टेक्नोलोजिजबीच क्यासब्याकको सम्झौता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलोजिजबीच रिचार्जर एपबाट एनआइसी एशियाको मोबाइल बैंक प्रयोग गरी क्यूआरमार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा १० प्रतिशत क्यासब्याक प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार रिचार्जर एप तथा वेभसाईट प्रयोग गरी वान प्लस सेभेन मोबाइल फोन किन्दा एन आई सी एशिया बैंकको मोबाइल बैंक क्यूआरमार्फत् भुक्तानी गर्दा १०प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ । अन्य बैंकको मोबाइल बैंकिङ मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा भने ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ । यो योजना भदौ १८ देखि आश्विन १ गतेसम्मका लागि लागू हुने बैंके जनाएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र ग्लोबलकी टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष किसन राईले हस्ताक्षर गरेका छन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्ष करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथपाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्