Logo
Logo

टिसिएलको ‘बडा अफर थाइल्याण्डको सफर २०७६’ योजना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । विश्वको टप २ टिभी ब्राण्ड टिसिएलले चाडपर्व २०७६ लाई लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको छ । ‘बडा अफर थाइल्याण्डको सफर’ नाम दिइएको यो योजनामा टिसिएल ब्राण्डका उत्पादनहरु जस्तै एलइडी टिभी, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकहरुले लक्की ड्रमार्फत थाइल्याण्ड प्याकेज जित्ने सुर्वण अवसर प्राप्त गर्नेछन् ।

उक्त ग्राहक योजना नेपाल अधिराज्यभर २०७६ भदौ १९ देखि सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । यो योजना नेपाल अधिराज्यभरमा रहेको टिसिएल आउट्लेटहरुमा उपलव्ध हुनेछ । आउँदै गरेका नेपालीहरुको महत्वपूर्ण चाडपर्वलाई अझ भव्यरुपमा मनाउनको लागि टिसिएलले यो योजना बजारमा ल्याएको हो । टिसिएलका सम्पूूर्ण ग्राहकलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै यो दशैं–तिहारको शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्