Logo
Logo

जनताप्रति समर्पित भएर काम गर्नुस् : मुख्यमन्त्री गुरुङ


- दृष्टि न्युज/संवाददाता


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको नीति, योजना र कानुनको सफल कार्यन्वयन गराउन निजामति कर्मचारीको महत्वपूर्ण भूमिका हुने बताएका छन् । निजामती कर्मचारी दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले संघीयताको सफल कार्यन्वयन गर्न र सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्नसमेत यो क्षेत्रको महत्वपुर्ण भूमिका हुने बताएका छन् ।

‘नेपाली जनताको आकांक्षा बमोजिम शुसासन र विकासको लक्ष्य हासिल गर्न दृढ राजनीतिक इच्छाशक्ति भएको राजनीतिक नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, सुचना र प्रविधिको अधिकतम उपयोग गर्न सक्षम प्रशासन अपरिहार्य छ’ शुभकामना सन्देशमा भनिएको छ । मुख्यमन्त्री गुरुङले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमता सहितको निजामती सेवा निर्माणमा लाग्न सबै निजामती कर्मचारीमा आग्रहसमेत गरेका छन । सक्षम निजामती प्रशासन, विकास समृद्धि र सुशासन भन्ने नारासहित निजामती दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्