Logo
Logo

जापानी लगानीकर्ता हतोत्साही


- दृष्टि न्युज/संवाददाता


पोखरा । जापानका वरिष्ठ इञ्जिनीयर ताकाशी मियाहाराले नेपालको पर्यटन क्षेत्रमा अतुलनीय योगदान पु¥याएका छन् । उनले सन् १९६८ मा काठमाडौँमा ट्रान्स हिमालय टूर एण्ड ट्रेकिङ’ स्थापना गरेर पर्यटन व्यवसायलाई अगाडि बढाएका थिए । त्यसैगरी सन् १९६९ मा जापानमा ‘हिमालयन काङको काई हार्ट सु’ कम्पनी खोलेर नेपालमा जापानी पर्यटन भित्र्याउने काम गर्दै आएका छन् ।

सन् १९८४ मा काठमाडौँमा ‘होटल हिमालय’ निर्माण गरेर सञ्चालन गर्दै आएका मियाहाराले २०६९ अर्थात् सन् २०१२ मा पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा (साविक पडेंली गाविस वडा नं४) मा कि नं. ५४८, ५४९, ५५०, ५५१, ५५२, ५५३, ५५४ र २५६ का जग्गाहरु किनेर करिब २८ रोपनी जग्गामा दुई सय करोड रुपैयाँ लगानी गरेका छन् । उक्त होटल एशियाकै ठूलो पाँचतारे ‘होटल अन्नपूर्ण भ्यू र अन्नपूर्ण केबुलकार प्रालिको निर्माणकार्य पूरा भई सञ्चालनमा आउने तयारीमा छ । यसैबीच पोखराका बदनाम भूमाफियाहरु पदमशंकर गिरी, ज्ञानेन्द्रबहादुर कार्की र भीमबहादुर कुँवरलगायत केही व्यक्तिहरुले जग्गा बिक्री गरेका व्यक्तिहरुलाई उक्साएर, अनावश्यक पैसाको माग गर्ने, धम्क्याउने गरेका छन् । पहिले जग्गा बिक्री गरिसकेका खडानन्द तिमिल्सिनाको श्रीमती उजेली तिमिल्सिनालाई उचालेर मुद्दा हाल्न लगाइरहेकोमा कास्की जिल्ला अदालत र पोखरा उच्च अदालतबाट समेत मियाहाराकै पक्षमा फैसला भए पनि दुःख दिन छाडेका छैनन् ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर जापानी नागरिकले पोखरामा अर्बौ रुपैयाँ लगानी गरेका छन् । तर, केही भूमाफियाको कारण जापानी नागरिकलाई हतोत्साही बनाउने काम भइरहेको छ । यसले बाह्य लगानीलाइ मात्र हतोत्साही गर्दैन, नेपालप्रति नै नकारात्मक सोच बढाउने हुँदा लगानीको संरक्षण र संवद्र्धनमा सरकार लाग्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्