Logo
Logo

सनिगाड हाइड्रोको साधारण शेयर निष्काशन सम्झौता


315
Shares

काठमाडौं । बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणहरुका लागि निष्काशन गरिने रु १०० अंकित दरको साधारण शेयर ६७ लाख ५० हजार कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिइ विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिक तथा सर्वसाधारण समेत)का लागि निष्काशन गर्न सन्राइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

साधारण शेयर निष्काशनका लागि कम्पनीको तर्फबाट अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच कम्पनीको रजिष्टर्ड कार्यालय धोवीघाट ललितपुरमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता भएको छ ।

जारी पूँजी रु २ करोड २५ लाख रहेको सनिगाड हाइड्रोकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मेगावाट रहेको छ । आयोजना निर्माणकार्य सम्पन्न भई केही साताभित्र विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्